८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युवराजको ‘मलमल सारी’मा पल र वर्षाको छमछमी (भिडियोसहित)


१८ पुस, काठमाडौं युवराज चौलागाईंको आवाजमा रहेको ‘मलमल सारी मल’ सार्वजनिक भएको छ । युवराजको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको गीतमा गायक युवराजकै संगीत छ । गीतलाई राजन इशानले एरेन्ज गरेका छन् । गीतको भिडियोमा पल शाह, वर्षा राउत र युवराजलाई फिचरिङ गरिएको छ । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

आधुनिक शैलीको रोमान्टिक गीतको भिडियो सुदीप बरालले खिचेका हुन् भने सम्पादन अर्जुन जीसीले गरेका हुन् ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०९:३६