८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लामो आयूबारे टिप्स दिँदादिँदै ‘हृदयघातबाट सीईओकाे मृत्यु (भिडियोसहित)


१७ पुस, एजेन्सी । लामो आयूबारे टिप्स दिँदादिँदै एक जना व्यक्तिकाे ‘हृदयघातबाट मृत्यु भएकाे छ । एक कम्पनीका सीईओ चेन पीवेन लामो आयूका लागि मञ्चमा टिप्स दिइरहेकाे भिडियाे देख्न सकिन्छ, जसमा लामो आयूको टिप्स दिने व्यक्ति नै मञ्चमै ढलेका छन् । उक्त भिडियो  सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीनमा कार्यरत एक स्वास्थ्य कम्पनीका ६५ वर्षीय सीईओ भीडभाड भएको कार्यक्रममा स्वास्थ्य सम्बन्धी टिप्स दिइरहेको भिडियोमा देखिन्छ ।

कार्यक्रममा सहभागीलाई केही सिकाउन टिप्स दिइरहेका उनी आफैं ढलेपछि मञ्चमा काेलाहल मच्चिएकाे दृश्य भिडियाेमा देख्न सकिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा प्रकाशित समाचारअनुसार हृदयघात भएर मञ्चमा ठोक्किएका उनको त्यही मृत्यु भयो ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १६:५२