१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खुसी चाहियो ? यस्तो गर्नुहोस् !


१७ पुस, काठमाडौं । जीवनको सबैभन्दा ठूलो उपलब्धि खुसी हो । सबै आफ्नो जिन्दगी खुसीमै जीउन चाहन्छन् । जहाँ तिनीहरु सधैं खुसी रहन सकून् र कुनै दुःख, चिन्ताले नछोओस् । तर, सबैको जिन्दगीमा तनाव र दुःख त हुन्छ नै अब सोच्नु यो छ कि यी सबैलाई टाढा गरी खुसी जीवन कसरी जिउने । खुसी जीवन सबैले चाहन्छ । यद्यपि सबैले आफ्नो जीवनलाई खुसी तुल्याउन भने सक्दैन ।

प्रतिकात्मक तस्बिर । स्रोत : गुगल

सफल जीवन पनि खुसीको एउटा अंश हो । यही खुसी प्राप्त गर्ने नाममा हामी जीवनलाई कसरी सफल बनाउने भन्नेमै जुटिरहेका हुन्छौं । कसरी सफलता प्राप्त गर्ने ? भन्ने प्रश्नले हामीलाई सधैं पछ्याइरहेको हुन्छ । सफलता पाउन, जीवन खुसी तुल्याउन त्यहीअनुरुपको लगाव, श्रम आवश्यक हुन्छ । सफलताका लागि लक्ष्य बनाउनुपर्छ साथै सार्थक प्रयास पनि ।

हामी हरेक दिन नयाँ योजना बनाउँछौं । जीवनमा के गर्ने, कसरी सफलता पाउनेमै घोत्लिन्छौं । यद्यपि सोचेअनुरुप हुँदैन । सफलताका लागि हरेक महिना कम्तिमा एउटा राम्रो बानीको विकास गरौं । कुनै कुलत छ भने छाडौं, अल्छीपन छ भने त्यागौं । बिहान अबेरसम्म सुत्ने बानी छ भने चाँडै उठ्ने अभ्यास गरौं । फलफूल सेवनमा जोड दिऔं । क्रमशः आफूमा यस्तो सुधार ल्याउनुहोस् कि, जसले तपाईंको जीवनलाई उत्कृष्ट तुल्याउन सक्छ, यानि खुसी ।

आफ्नो जीवनमा राम्रा रहेका कुरा मात्र देख्नुलाई खुसी र सार्थक मान्न सकिन्छ । जीवनको कमीलाई नभएर खुबीलाई ध्यान दिनु आवश्यक देखिन्छ ।

खुसी जीवनका लागि यी उपाय अपनाउन सकिन्छ ।
– सबैका लागि सद्भावना राख्ने ।
– सधैं संयम रहने, चरित्र राम्रो बनाउने अर्थात् सुधारमा ध्यान दिने ।
– अरुको भलाइका लागि प्रयत्नशील रहने ।
– अनावश्यक धेरै नबोल्ने आवश्यक परेको ठाउँमा मात्र बोल्ने ।
– पैसा कमाउनैका लागि अरुको अहित हुने काम नगर्ने ।
– समय र परिस्थितिअनुसार चल्नुपर्छ । नडराई समस्या समाधानको उपाय खोज्ने ।
– निहित व्यक्तिगत खुसीका लागि अरुको मन नदुखाउने ।
– त्यागको भावना राख्ने ।
– कसैले आफ्नाबारे नराम्रो कुरा ग¥यो भने प्रतिकारभन्दा मौन रही समाधानतर्फ अघि बढ्नु उत्तम हुन्छ । यसको मतलब समयअनुसार चल्नु आवश्यक छ ।
– सधैं कर्तव्य पालना गर्ने ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०८:०७