१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शीतलहर बढेपछि विद्यालय बन्द


१६ पुस, बाँके । अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय ४ दिनका लागि बन्द गरिएका छन् । ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोका लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगन्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताए ।

यसैबीच, अत्यधिक चिसोका कारण नेपालगन्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ । उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्फत टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । –रासस

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०७:३३