११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

राष्ट्रपति भण्डारीले यसरी गरिन् आशाको प्रशंसा


गायिका आशा भोस्ले र राष्ट्रपति भण्डारीबीच भेट :

१२ पुस, काठमाडौं भारतीय चर्चित गायिका आशा भोस्ले र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आज (शनिबार) हुने सांगीतिक कार्यक्रमका लागि गएको बुधबार नेपाल आएकी भारतीय गायिका भोस्लेले शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग शुक्रबार भेट गरेकी हुन् ।

साधना कला केन्द्रको आयोजनामा हुने बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन् । भेटका क्रममा राष्ट्रपति भण्डारीले नेपाली गीतसंगीतमा पनि भोस्लेले पुर्‍याएको योगदानको प्रशंसा गरेकी थिइन् ।

आजको कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला हैजस्ता गीत प्रस्तुत गर्नेछिन् ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०६:५८