६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

अभिनेता कुशल पंजाबीले गरे आत्महत्या


११ पाैष, मुम्बइ। भारतिय  अभिनेता कुशल पंजाबीले आत्महत्या गरेका छन् । गत रात घरमा कुशलको शव झुण्डिएको अवस्थामा भेटियो । कुशलको उमेर ३७ वर्षको थियो । उनको आकस्मिक निधनले टिभी उद्योगका स्टार र फ्यान शोकमा छन् ।

कुशलको कोठाबाट एउटा सुसाइड नोट भेटिएको छ । उक्त नोटलाई प्रहरीले सुरक्षित गरेको छ । प्रहरीका अनुसार उनले लेखेको नोट डेढ पेजेको छ । उक्त नोटमा उनले आफ्नो सम्पतीको आधा बाबु–आमा र बहिनीलाई दिन भनेका छन् । उनले लेखेका छन्–‘त्यहाँबाट बचेको सम्पत्ति मेरो तीन वर्षिय छोरालाई हुनेछ ।’कुशलले २०१५ मा आड्री डालेनसँग बिबाह गरेका थिए । सन् २०१६ मा उनीहरुले छोरालाई जन्म दिएका थिए ।

कुशाल पंजाबीले लक्ष्य, काल, धन धना धन गोल, अन्दाज, सलाम–ए–इश्कमा काम गरेका छन् । फिल्मबाहेक उन टिभीमा पनि सक्रिय रहे ।कुशालले सिआइडी, अन्तरिक्ष, कसम से, सन्तान, हम तुम, अदालत, इश्कमे मरजावा, क्या हाल मिस्टर पांचालजस्ता कार्यक्रममा काम गरेका थिए । कुशालले विभिन्न रियालिटी शोमा पनि भाग लिएका थिए ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १४:३३