१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

इदमा सलमानको ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम’ भिड्दै


११ पुस, काठमाडौं बलिउडका चर्चित अभिनेता सलमान खान र अक्षय कुमार स्टारर फिल्म आउने इदमा भिड्ने भएका छन् । दुवैले सन् २०२० को इदमा फिल्म रिलिजको तयारी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सलमानको फिल्म ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम’ एकसाथ रिलिज हुने भएका हुन् । यसले दुवैको बक्स अफिस कलेक्सनमा असर पर्ने फिल्म पण्डितहरुको अनुमान छ । तर, उक्त दिन हलिउड फिल्म फास्ट एन्ड फ्युरियस-९ पनि रिलिज हुने भएको छ ।

यसले दुई बलिउड फिल्मको कमाइमा ठूलै धक्का पर्ने अनुमान गरिएको छ । यो दिनमा फिल्म रिलिज गर्ने या नगर्ने भन्नेमा दुवैका निर्माण टोलीहरु दोधारमा छन् । –एजेन्सी

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०६:५६