१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

‘ज्योति फिल्मस् म्युजिक अवार्ड’ फागुनमा


१० पुस, काठमाडौं ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ मा ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्ने भएको छ । २०७५  वैशाख १ देखि पुस २० सम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो ।

स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिनेछ । आयोजकका अनुसार मनोनयनका लागि आवेदन खुला भइसकेको छ । आवेदन पुस मसान्तसम्म दिन सकिनेछ ।

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०९:२२