१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

चौथो बंगलादेश एक्सपो २०१८ फागुन ११ मा हुने


८ फागुन, काठमाडौं । बंगलादेशी दूतावासले काठमाडौंको भृकुटीमण्डपमा चौथो बंगलादेश एक्सपो–२०१८ आयोजना गर्ने भएको छ ।

नेपाल तथा बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो व्यापार मेलाको आयोजना हुन लागेको हो । यही फागुन ११ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका ३० तथा बंगलादेशका ७० वटा गरी कूल १०० वटा स्टल रहनेछ । यु टर्न इभेन्ट्स बंगलादेश तथा सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालको सहयोगमा सञ्चालन हुने उक्त मेलामा भवन निर्माण सामग्री, फर्निचर, जुट, तयारी पोशाक, प्लास्टिकजन्य वस्तु, विद्युतीय सामग्री, मोटरसाइकल र गरगहनाका सामग्री रहने बताइएको छ ।

सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालका प्रबन्ध निर्देशक राकेशकुमार महतोले दुई मुलुकका उद्यमी तथा व्यापारीबीच अनुभव साट्न र बंगलादेशका उत्पादन नेपाली उपभोक्तामाझ पु¥याउन मेला सहयोगी हुने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १८:१४