७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लोक गायक सुर्यमणि आचार्यको ‘लौन कान्छी खै’ सार्वजनिक (भिडियाेसहित)


६ पुस, काठमाडाैँ । लोक गायक सुर्यमणि आचार्यको ‘लौन कान्छी खै’ सार्वजनिक भएको छ । केही समय अघि युट्युबमार्फत सार्वजनिक गरिएको ठट्यौली पाराको उक्त गीत दर्शक स्रोताको रोजाइमा परेको छ । संगम थापाको शब्द सिर्जना तथा गायक आचार्य र पुरुषोत्तम धितालको संयुक्त संगीत रहेको गीतमा गायक सुर्यमणी आचार्य, पुरुषोत्तम धिताल र गायिका गंगा ठकुरीले आवाज दिएका छन् ।

त्यसैगरी उक्त गीतको भिडियोमा शब्द रचनाकार संगम थापाकै निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन रहेको छ । मोडल रिना थापा मगर र संजीव ठकुरीले अभिनय गरेका छन् । त्यस्तै रोशन धितालले सम्पादन गरेको गीतको भिडियोलाई मामा भान्जा इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नेपाली गीत संगीतको मौलिकतालाई अंगालेर सो गीत बजारमा ल्याएको गायक आचार्यले बताए ।

‘गीत संगीतको मौलिकता र त्यसको मौलिकतालाई यस गीतले दर्शाएको छ’, उनले भने । वि.स ०६० सालबाट सुरु गरेर कलाकारितामा यात्रा जमाएको आचार्यले जानकारी दिए । ‘डाँडैमा हावा सरर’ पहिलो लोकदोहोरी गीत बजारमा ल्याएका गायक आचार्य अबका दिनमा पनि कलाकारितामै भविष्य बनाउने योजनामा रहेको बताउँछन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार १९:१३