७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यस्तो बन्यो ‘कोपिला’ (भिडियोसहित)


५ पुस, काठमाडौं कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा बनेको नेपाली फिल्म कोपिलाको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ ।

बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई चित्रित छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सरिता गिरी, गणेश गिरी र सन्जीवनी खरेलको अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : ५ पुष २०७६, शनिबार १०:०४