१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नाइट क्लब पुगेका विमलसहित ४ खेलाडीमाथि एन्फाले लगायाे प्रतिबन्ध


२७ मंसिर, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाले शुक्रबार विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि प्रतिबन्ध लगाएको हो । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को छनोट अन्तरगत कुवेत विरुद्धको खेल अगाडि उनीहरुले गरेको व्यवहारका कारण उनीहरुमाथि कारबाहि गरिएको एन्फाले जनाएको छ ।


कुवेतविरुद्वको होम गेमका लागि भुटान जाने अघिल्लो राति चारै जना खेलाडी ठमेल नाइट क्लबमा भेटिएपछि उनीहरुमाथि अनुसन्धान भइरहेको थियो। एन्फाले आजैदेखि लागु हुनेगरी विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाइएको छ । त्यस्तै, अञ्जन बिष्ट र देवेन्द्र तामाङलाई ४५ दिनको प्रतिबन्ध लगाएको जनाएको छ। प्रतिबन्धसँगै यी खेलाडीहरुले ५० हजार नगद जरिवाना समेत तिर्नु पर्नेछ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार २१:१४