१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एन आई सी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुट सम्बन्धी सम्झौता


२७ मंसिर, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।


यस सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरी क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् चार सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार २०:२५