१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड !


२७ मंसिर, काठमाडौं मिस नेपाल अनुष्का श्रेष्ठले एटलान्टामा आयोजित मिस वर्ल्डको मल्टिमिडिया अवार्ड हात पारेकी छन् । ६९औं संस्करणको मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् ।

उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन् । यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन् । उक्त अवार्ड जितेर १ सय १२ देशका सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन् ।

अब अनुष्काले भोटिङमा सबैभन्दा बढी मत पाए सीधै टप-२० मा प्रवेश गर्नेछिन् । भोलि (शनिबार) हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये उत्कृष्ट ५ जनालाई मात्र मिस वर्ल्ड उपाधिका लागि सहभागी गराइने नियम छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०७:०५