१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्रीकाे कमजोर स्वास्थ्यभित्र लुकेको राजनीति


-प्रदिप आचार्य

२६ मंसिर, काठमाडाैँ । आजको दिनमा लगभग भनौं हप्ताको एक पटकत प्रधानमन्त्री स्वस्थ हुँदा पनि पत्रपत्रिका र अहिले बाढिनै झैँ आएका अनलाइने पत्रिकाले चासो दिएर व्रेकिगं गर्ने होडमा प्रधानमन्त्रीकाे स्वास्थको बारेमा समाचार छापिएको पाईन्छ । मलाई लाग्दैन कि प्रधानमन्त्रीकाे स्वास्थ्यकाे बारेमा जुन मात्रामा चासो दिइएको छ त्यो मात्रामा गर्नै नहुने भने पटक्कै होइन । तर योपनि होइन कि कपोल कल्पित समाचारहरु वनाएर दुई तिहाइ नजिक वहुमत ल्याउदाको पराजयको रिस पोखेझै गरी देशको सम्माननिय प्रधानमन्त्रिको स्वास्थ्यको वारेमा र अझ भनौ स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा प्रधानमन्त्रि र प्रधानमन्त्रि कार्यलय माथि आक्रमण हुने कुरा साहै निन्दनिय छन् ।

अहिलेको अवस्था राज्यसत्ता विरुद्धको आन्दोलनको वेला निश्चयनै होइन । साच्चै भन्न पर्दा प्रधानमन्त्रिको सचिवालय र स्वय प्रधानमन्त्रीकाे स्वास्थ्यमा खेलवाड गरेको भए हरेक पटकको भावुक मन्तव्यमा दोस्रो तेस्रो जिन्दगी देशको लागी बाँचेको भन्ने प्रधानमन्त्रीले सायद देश र जनताको अघाद माया,समर्थन र आवश्यक पर्दा गरेको आर्थिक योगदानको कदर गरेको नै सम्झनुपर्दछ हैनर ?

फाइल फाेटाे

पछिल्लो पटक अन्तराष्ट्रिय मिडिया अझ भनौ मुलधारका मिडियामा उत्कृष्ट योगदान दिएका देश अमेरीका, वेलायत, भारत का मिडिया फलो गरेको हुन्छु तर पनि नेपालका मिडिया र अन्य देशका मिडियामा धेरै अन्तर देख्छु । मुलधारे मिडियाहरु नराम्रो कुरा भन्दा राम्रो कुरालाई प्रष्टाइदिइ समाजमा राम्रो छाप छोड्न सफल भएका छन् । यसको राम्रो उदारण वनेकी छन् स्विडेन वाट मौसम परीवर्तन र वातावरणिय उष्ण्तामा आफ्नो आन्दोलन शुरु गरेकी १६ वर्षिय ग्रेटा ।

केही दिन अघि मात्रै विस्वको प्रतिष्ठित मिडिया टाइम्स म्यागजिनले विश्व वर्ष व्यक्तित्व २०१९ वाट सम्मानित गरेको थियो स्मरण रहोस २०१६ को वर्ष व्यक्तिव्वको रुपमा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीलाई पुरस्कृत गरेको थियो । भारतमा पनि धेरै मिडियाहरु सरकार पक्ष भए, मिडियाको किनवेच भयो, पुजिवादिहरुको हातमा मिडिया पुग्यो गरीवका मुदा वोक्ने र सरकारलाई सचेतना गराउने कुरामा मिडिया कमजोर भए, अझ भनौ मुलधारे मिडिया राजनितिक कुरामा फोकस हुदा आर्थिक पाटोमा भुलेको भनेर आरोप लागेका भएपनि नरेन्द्र मोदि दोस्रो कार्यकाल निर्वाचित भएर आईसके पछि त्यहाको सविंधानको धारा ३७० वमोजिम जम्मु कस्मिर र लद्धाकको मुद्धामा सरकारलाई काखि च्यापेर सरकारको कार्यलाई जसरी मिडिया र सरकारको महत्वपुर्ण भुभिकाले रक्तपात विनानै जम्मु र कस्मिरको अवस्थालाई सहज अवतरण गर्न जुन भुमिका खेले यसको विश्वव्यापि प्रशंशा भएको छ स्मरण रहोस त्यहाको प्रतिपक्षले पनि यस मुद्धामा विरोध गर्न नसकेको अवस्था थियो ।

किन यस्तो भईराखेको छ, नेपाली मिडियामा भनौ मुलधारे पत्रिकाहरु मुलत प्रधानमन्त्रि कार्यलय माथि सामान्य भन्दा पनि सामान्य कुरामा आक्रमणमा उत्रनु राम्रो सकेंत होइन । यसभित्र निश्चयनि विभिन्न मनोविज्ञान लुकेको हुनसक्छ ति मध्ये केही मनोविज्ञानको वारेमा चर्चा गर्दा उपयुक्त ठाने ।

पराजयको मनस्थिति

एउटा मनोविज्ञानको रुपमा दशकौ देखि राज्यसत्ताको नजिक रहेर काम गरेको र त्यसका निकट रहेर काम गरेकाहरुलाई नेपाली काग्रेसको गत निर्वाचनको पराजय मन परेको छैन अर्थात त्यस निर्वाचनमा पराजयको मुख्य कारण हुनुहुन्थ्यो त्यस निर्वाचनका रोलमोडल सम्माननिय प्रधानमन्त्रि केपि शर्मा वलि । उहाको सविंधान जारी गर्दा देखी महाविनासकारीे भुकम्प, त्यस पछिको कहाली लाग्दो नाकावन्दी को व्यवस्थापनमा देखाएको विलक्षण क्षमता र देशको रणनितिक विकासको सन्दर्भभा देखाएको दृण इच्छाशक्तिनै नेपाली काग्रेसको प्रमुख पराजय को कारण थियो भने त्यसकै प्रभाव मिडियामा परी त्यसको असरको रुपमा अहिले प्रधानमन्त्रि कार्यलय र प्रधानमन्त्रि माथि देखिन्छ ।

प्रधानमन्त्रिको कमजोर स्वास्थ्य भित्र लुकेको राजनिति

धेरै काग्रेसका अनौपचारीक वैठकमा पनि अहिले भनिने र गरीने कुरो भनेको केपि शर्मा वलिको विलक्षण प्रतिभा, युवा उमेरमा उनिले गरेको अध्ययन र अनि कमजोर स्वास्थ्यको आडमा सम्भावित अल्पकालिन मृत्यु । तर उहाको कमजोर स्वास्थ्यको प्रचारमा गरीने खेलवाडमा काग्रेस, खाईपाई आएका मिडिया मात्र दोसी छैनन् अझ भनौ पार्टि भित्रको आन्तरीक राजनितिक सघंष पनि दोसी छ जस्तो लाग्छ जुन नेकपा एमालेको नवौ महाधिवेशन देखी पछिल्लो पार्टि एकता र सम्भावित मृत्यु पछिको राजनितिक सर्घष पनि हो तर रोगलाई सधै जित्दै आएका प्रधानमन्त्रिको तत्काल मृत्यु त के परिकल्पना समेत गर्न सक्दिन ।

मिडिया यो मात्रामा नकरात्मकतामा उत्रनु यि माथिका दुई कारण मात्र भने पक्कै होइन, यस भित्र हाम्रो समाजमा रहेको वेरोजगारी र पत्राकारीता भित्रको सहज स्वावलम्वनको नाममा हुने खरिद गरीएका र गलत समाचारले भाइरल हुने रहर र अहिलेका युवामा तत्काल धनि हुने रहर पनि प्रभुख कारण छन जसमा सत्ता र शक्तिको विरोध गरेर अनलाईन मिडिया स्थापित हुने होडवाजी पनि वढ्दो छ भने राम्रो समाचार वनाउन लाग्ने खर्च नभएर पनि यस्ता समाचारले प्रश्रय पाएकी भन्ने लाग्दछ ।

प्रदिप आचार्यः लेखक

यसलाई नियन्त्रण गर्न पनि सन्चार जगतलाई जिम्मेवार र जवाफ देही वनाउन सरकारले उपयुक्त कदम चाल्नु पर्ने देखीन्छ भने प्रेस काउन्सिलको भुमिकालाई अझै जिम्मेवार र समानुकुल वनाईनि पर्दछ । सन्चार जगतको व्यवसायिक विकासमा तत्काल गतिलो कदम चाल्नु पर्ने देखीन्छ, चालिएका कदममा स्वय मिडिया हाउस प्रतिवद्ध हुनुपर्दछ ।

माथि पेश गरीएका विदेशी मिडियाका दृष्टान्त र नेपाली पत्रकार जगत भित्र भएको मनोविज्ञान ले सवै विदेशी मिडिया सहि छन् र नेपाली मिडिया पुरै गलत भन्न खोजेको भने पक्कै होइन ।भुकम्प र नाकावन्दी अनि केही समय पहिला भारतकै धारा ३७० को परीवर्तनले त्यहाको राजनितिक नक्सामा हुने परिवर्तनमा नेपाल र भारतको पूरानो विवादित भुमि कालापानि, लिम्पियाधुरा र लिपुलेकको वारे नेपाली मिडियाले नेपालको हो भने जुन प्रमाण सहित दावा प्रस्तुत गरे, जुन भुमिकामा नेपाली मिडियाहरुले देखाए अवको सवृद्धि र आर्थिक विकासमा पनि त्यहि अनुरुप भुमिका खेल्न जरुरी देखीन्छ ।

धेरै विकास सम्वन्धि समाचार र खोजपुर्ण लेखहरु भाइरल भएर परीणाम पनि निकालेका छन् भने अवको सन्चार जगत सकारात्मकता र विकासलाई समग्र सवृद्धिको लक्ष्य वनाई अघि वढ्नु पर्ने देखीन्छ भने सम्माननिय प्रधानमन्त्रि केपी शर्मा वलिको सुखी नेपाली सवृद्ध नेपालको अभियानको रचनात्मक भुमिकामा सन्चार जगत लागोस एक पाठकको शुभकामना भने सम्माननिय प्रधानमन्त्रिको दिर्घ जिवनको कामना गर्दछु ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १५:३६