११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पाल्पा महोत्सवमा पाँच करोडको कारोबार


८ फागुन, पाल्पा । पाल्पाको तानसेनमा जारी ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’मा अहिलेसम्म रु पाँच करोड बराबरको कारोबार भएको छ ।सोमबार मेलाको पाँचौँ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिए ।

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा तीन लाख दर्शक भित्र्याउने अपेक्षा गरेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।

‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ गत फागुन ३ गतेदेखि शुरु भएको महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १६:०९