८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अनुष्का श्रेष्ठ शीर्ष ४० मा !


२५ मंसिर, काठमाडौं मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ समूह विजेता हुँदै ‘हेड टु हेड’ च्यालेन्जमा समेत सफल भएकी छन् । ‘हेड टु हेड’ च्यालेन्जको सफलता पाएसँगै उनी शीर्ष ४० मा पर्न सफल भएकी हुन् । लन्डनमा आयोजित मिस वर्ल्ड-२०१९ को ६९औं संस्करणमा उनले नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

‘हेड टु हेड’ च्यालेन्ज समूहमा उनले पोल्यान्डकी मिलेना सोडोस्का, जिल्ब्राल्टारकी सेलिन बोलानोस, तान्जानियाकी सिल्भिया सेबास्तियन, मेक्सिकोकी एस्ले एल्भिड्रेज, आइल्यान्डकी जेसी प्याट्रिकलाई पछि पार्दै दोस्रो चरणमा पुगेकी थिइन् ।

उनी शीर्ष ४० मा पुगेसँगै सबैलाई धन्यवादसमेत दिएकी छन् । गत वर्ष पनि मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टु हेड’को दोस्रो चरणमा पुगेकी थिइन् ।

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ

मिस वर्ल्ड-२०१९ को ६९औं संस्करणअन्तर्गतको ग्रान्ड फिनाले भने आउँदो शनिबार हुँदै छ । अनुष्कालाई हाम्रातर्फबाट पनि धेरै शुभकामना ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०६:५७