१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडौँको महाँकालमा प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बाेलाएर काटिन् लिङ्ग


२४ मंसिर, काठमाडौँ । एक प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग काटिदिएकी छन् । काठमाडौंँ महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेकी हुन् । अहिले राजिवको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंले जानकारी दिए

फाइल तस्वीर

। हायात होटलमा काम गर्ने उनिहरूबीच प्रेम सम्बन्ध रहेकाे र उनीहरुले फरक–फरक धर्म मान्ने गरेकाे डीएसपी सिहंले बताए । धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले प्रेमिका छुटिने बताएपछि सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिङ्ग काटेकाे प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान जारी रहेको बताएकाे छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १२:४९