१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

३८ जना सवार चिली वायु सेनाको जहाज बेपत्ता


२४ मंसिर, काठमाडौँ । अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली बायु सेनाको एउटा जहाज बेपत्ता भएको छ । सोमबार साँझ चालक दलका सदस्य १७ जना र यात्रु २१ जना गरी ३८ जना बोकेर उडेको सी–१३० हरकुलस जहाज स्थानीय समयानुसार १६ः५५ बजेदेखि सम्पर्कविहीन छ ।


सम्पर्कविहीन जहाजको खोजी र यात्रुहरुको उद्दारको कार्य शुरु भइसकेको चिलीको वायु सेनाले जनाएको छ । समाचार संस्था ईएफईका अनुसार विमानमा यात्रारत ३८ जनामध्ये ३ जना सर्वसाधारण थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ११:३४