१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विश्वभर मनाइँदै ७१औं मानवअधिकार दिवस


२४ मंसिर, काठमाडौं आज विश्वभर ७१औं मानवअधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० लाई मानवअधिकार दिवसका रुपमा मनाइने भएकाले नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् ।

नेपालमा मानवअधिकारका विषयमा संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा छ । तर त्यसको कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको छैन ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार घोषणपत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ । मानवअधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव २१७ क (३) बाट अनुमोदन गरि जारी भएको हो । यसमा ३० धारा छन् ।

घोषणापत्रमा सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुने उल्लेख छ । त्यसैगरी सबै व्यक्ति कानुनका दृष्टिमा समान हुने जस्ता विषय उल्लेख छ । ७१औं मानवअधिकार दिवस मनाउदै गर्दा नेपालमा मानवधिकारको विषय संवैधानिक रुपमा बलियो बनेको छ । तर कार्यान्वयनको अवस्था फितलो हुँदा दण्डहीनता बढ्दै गएको छ ।

पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा, हत्या तथा द्वन्द्वका पीडितले अझै न्याय पाउन सकेको अवस्था भने छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०८:३३