७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली


२४ मंसिर, काठमाडौं नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी ५ राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ । गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमजोर नतिजा नेपालको देखिए खबर कारोबार दैनिकमा छ ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४ सय ९७ जनाले परीक्षा दिएकोमा ५६ जना मात्र उत्तीर्ण भएका थिए । उक्त नतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।

तर, स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जानएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०८:०१