१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री !


२४ मंसिर, काठमाडौं ३४ वर्षिया, सान मरिन । फिनल्यान्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदै छ । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नेछिन् ।

फिनल्यान्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजीनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको हो । यसअघि उनी यातायातमन्त्रीको जिम्मेवारीमा थिइन् ।

मरिनले यसैसाता प्रधानमन्त्रीको शपथ लिने तयारी रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । उनले महिलाको नेतृत्व रहने ५ विभिन्न दलको गठबन्धनको सरकारलाई नेतृत्व गर्नेछिन् ।

प्रधानमन्त्रीको कार्यालयमा आगमनपछि विश्वकै कान्छो प्रधानमन्त्रीको मरिनको इतिहास बन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले युक्रेनका ३५ वर्षीय ओलेक्सी होन्चरुक र न्युजिल्यान्डका ३९ वर्षीय जसिन्ड्रा आर्डेन कान्छो प्रधानमन्त्रीका रुपमा छन् । थोरै मतान्तरले चुनावमा जित हासिल गरेकी मरिनले सञ्चार माध्यमहरुलाई भनिनन्, ‘जन विश्वास फर्काउन हामीले अझै थुप्रै गर्नुछ ।’ उनको उमेरबारे सोधिएको प्रश्नमा उनको जवाफ यस्तो छ, ‘मैले आफ्नो उमेर र लिंगका बारेमा कहिल्यै सोचिनँ, मैले राजनीतिमा आइसकेपछि मतदाताको विश्वास जितेर आएकाले उक्त विषयले फरक पर्दैन ।’

मरिन नोर्दिक राष्ट्रमा तेस्रो महिला प्रधानमन्त्री बन्ने छिन् । गत अप्रिलमा सम्पन्न चुनावमा सोसल डेमोक्रयाट पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदायो । गठबन्धनको सरकारलाई नेतृत्व गर्नसक्नेले प्रधानमन्त्रीको कार्यालय सम्हाल्नेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०६:३६