१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बहिनीको विवाहकाे सामान किन्न हिँडेका दाजुकाे कार दुर्घटनामा मृत्यु


२३ मंसिर, कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गको बाेर्डगाउँ नजिक बा. ६ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेले आफै चलाएको कार अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परि अन्य ५ जना घाईते भएका छन् । मृतक पाण्डे ग्लोबल आई.एम.ई. बैंक वनगाई शाखाका प्रवन्धक हुन् । उनि सोमबार बहिनीको विवाह रहेको हुँदा बिहानैदेखि विवाहको सामान किन्न हिँडेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १३:३१