१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पुलबाट त्रिशुली नदीमा हाम फालेकी युवतीलाई धादिङका सन्तोषले यसरी बचाए


२२ मंसिर, काठमाडाैँ । मुग्लिङको पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक युवतीलाई स्थानीय युवकले बचाएका छन् । आत्महत्या गर्ने मनसायले आइतबार दिउँसाे त्रिशुली नदीमा हाम फालेर बग्दै गरेकी गोरखा पालुङटारकी २६ वर्षीय सीता (नाम परिवर्तन) लाई मुग्लिङको पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा काम गर्ने निलकण्ठ नगरपालिका १ हिलेखर्क धादिङका २० वर्षीय सन्तोष गुरुङले नदीमा पौडिएर उद्धार गरेका हुन् ।

होटलमा काम गरिरहेका सन्तोषले महिला पुलबाट नदीमा हाम फालेको भनेर सुन्नेबित्तिकै तत्कालै उद्धारका लागि त्रिशुली नदीतर्फ दौडिए । चिसो पानीमा बग्दै गरेकी महिलालाई सन्ताेष आँफैले पौडेर बचाउन सफल भए । उद्धार गरिएकी महिलाकाे अवस्था गम्भीर भएकाले उनलाई  उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक महेश पाठकले बताए । प्रहरी निरीक्षक पाठकका अनुसार महिलाले लामो समयदेखि डिप्रेसनको औषधी खाइरहेकी थिइन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १९:५९