७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अभिनेत्री ऋचा शर्माले गरिन् बिहे !


२२ मंसिर, काठमाडौं कलाकार ऋचा शर्माले विवाह गरेकी छिन् । उनले लबिम मलका जेनेरल म्यानेजर दीपेक्षविक्रम राणासँग शनिबार विवाह गरेकी हुन् ।

शर्मा र राणाले डेढ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । फर्स्ट लभबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी ऋचाले लुट, मेरो लभ स्टोरी, भिसा गर्ल, टलकजंग भर्सेस टुल्के, उमा, सुनकेसरीलगायत झन्डै २ दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् ।

अहिले उनी कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी सो को जजको भूमिका निर्वाह गरिरहेकी छन् । ऋचाकै साथी तथा अर्की अभिनेत्री केकी अधिकारी निर्माता रहेको कमेडी च्याम्पियनमा ऋचा जज बनेकी हुन् ।

तस्बिर : ऋचाको फेसबुकबाट

विवाहपछि ऋचाले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै सबैको माया र आशीर्वादको अपेक्षा गरेको बताएकी छिन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०७:२२