१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल बंगलादेशसँग ४४ रनले पराजित, क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो


२१ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पुरुष क्रिकेट फाइनल पुग्न असफल असफल भएकाे छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएपछि क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकिएकाे हाे ।

बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछछ्याएको नेपालले ९ विकेट गुमाएर जम्मा १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पूर्व कप्तान पारस खड्का ९ तथा रोहितकुमार पौडेल ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३/३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २/२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १३:१९