७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१३ औं सागमा गौरिकाले जितिन् दोस्रो स्वर्ण पदक


२० मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडीबाज गौरिका सिंहले  दोस्रो स्वर्ण जितेकी छन् । २०० मिटर ब्याकस्ट्रोककाे शुक्रबार भएकाे खेलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् ।


यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते । यसअघि गौरिकाले २ सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितेकी थिइन ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १७:३८