१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रुपन्देहीका गोरखबहादुरले गरे आफ्ना बृद्ध आमाबुवाको हत्या


२० मंसिर, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका-४ मा छोराले आफ्नै बृद्ध आमाबुवाको हत्या गरेका छन् । घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको छाेरा गोरखबहादुरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फाइल फाेटाे

गोरखबहादुरले हतियार प्रहार गर्दा बुवा रामनारायणको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते  आमा थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हाे । प्रहरीले प्रारम्भिक अनुसन्धानमा  गोरखबहादुरको मानसिक सन्तुलन ठीक नभएको पाइएको जनाएको छ । गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १७:१९