७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न पूर्वराष्ट्रपति यादवकाे आग्रह


२० मंसिर, गुलरिया । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि बिहीबारदेखि शुरु भएको धनधान्याञ्चल महायज्ञ उद्घाटन कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकास गर्न यसअघि नै बनेको शिक्षा आयोगले अध्ययन गरी सिफारिस गरेको सुझावलाई मात्रै नेपाल सरकारले योजना बनाएर कार्यान्वयन गरेको भए अहिलेसम्म शिक्षा क्षेत्र धेरै अगाडि गइसक्ने थियो भन्नुभयो ।

स्थानीयस्तरमै उच्च शिक्षासम्म अध्ययन गराउने उद्देश्यले विसं २०६६ मा अशुंवर्मा माविको प्राथमिक कक्षा सञ्चालन ब्लकको भवनमा शुरु गरिएको थियो । अहिले पनि क्याम्पस सोही भवनमा चल्दै आएको छ । उच्च शिक्षा क्याम्पसलाई व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले स्थानीय शिक्षाप्रेमी दिपिन पोखरेलले पाँच कठ्ठा जग्गा दान गरेपछि सोही जग्गामा भवन निर्माण गरी पठनपाठन शुरु गरिएको छ । बारबर्दिया नगरपालिकाले नगरक्षेत्रमा कुनै पनि शैक्षिक संंस्था सञ्चालन गर्न न्यूनतम एक बिघा जग्गा अनिवार्य हुनपर्ने नीतिगत निर्णय गरेको छ ।

थोरै मात्र जग्गामा आवश्यक पूर्वाधार निर्माण गर्न पनि समस्या भएको छ ।  सदाशिव बहुमुखी क्याम्पस नगरपालिकाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको सबै क्षेत्रको विकास गर्न आफूले सबै किसिमको काममा सहकार्य गर्ने बारबर्दिया नपाका प्रमुख दुर्गाबहादुर थारूले बताउनुभयो । क्याम्पसको जग्गा खरीद र पूर्वाधार निर्माण गर्न स्थानीयवासी पनि सक्रियरूपमा लागेका छन् । आर्थिक अव

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ११:४६