१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डाक्टरको सामुहिक बलात्कारपछि जलाएर हत्या गर्ने ४ जना प्रहरी इन्काउन्टरमा मारिए


२० मंसिर, काठमाडाैँ । भारतको तेलंगानामा डाक्टरको सामुहिक बलात्कारपछि जलाएर हत्या गर्ने ४ जना प्रहरी इन्काउन्टरमा मारिएका छन् ।  पुलिसका अनुसार उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ आरोपीले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए । त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । साेधपुछका क्रममा उनीहरु भाग्न थालेपछि पुलिसले गोली चलाउँदा चारैजनाको मृत्यु भएको हाे ।

२७ नोभेम्बरमा  स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । हत्या गरिएकी डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो । पुलिसले उक्त  ४ आरोपीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए ।

उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेका थिए । त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ११:२१