१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२० मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज (शुक्रबार) विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको छैटौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरी कुल १९ खेलमा स्पर्धा हुनेछ ।

आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सिङमा स्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ ।

कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन् । पदक तालिकामा भारतले ६२ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याइरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०८:१७