१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

तेक्वान्दोमा अपेक्षाभन्दा कम स्वर्ण


२० मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दोमा नेपालले आठौं सागको कीर्तिमान भंग गर्ने योजना बनाएको थियो । तर अन्तिम दिन बिहीबार (हिजो) ४ खेलाडी फाइनलमा पुगे पनि नेपाललाई एकमात्र स्वर्ण भूपेन श्रेष्ठले दिलाए ।

भूपेनले फाइनलमा भारतका अक्षय होडालाई २९-२७ अंकले हराएका थिए । भूपेनको स्वर्णसँगै सागमा तेक्वान्दोमा नेपालले १२ स्वर्ण जित्यो । यसअघि सन् १९९९ मा नेपालमै भएको आठौं सागमा नेपाली तेक्वान्दोले १४ स्वर्ण जितेको थियो । १३औं सागमा तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले नेपालले १२औं खोटलाई अन्य गरे पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए । ‘अन्तिम दिन हामीले कम्तीमा चार स्वर्ण सोचेका थियौं । महिला खेलाडीबाट सोचे जस्तो भएन । हाम्रो मुख्य कमजोरी डिफेन्समा रह्यो,’ उनले भने । भूपेनले स्वर्ण जितेको स्पर्धामा बंगलादेशका रसिल खान र श्रीलंकाका चर्मा थरिन्दुले कास्य जिते ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०७:२५