४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

बिहान ११ देखि ४ बजेसम्म कलंकी-कोटेश्वर मुख्य लेन बन्द !


२० मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको साइक्लिङ खेल कलंकी-सातदोबाटो खण्डमा हुने भएको छ । आज र भोलि (शुक्रबार र शनिबार) बिहान ११ देखि ४ बजेसम्म यो सडकको मुख्य लेनमा सवारीसाधन चलाउन नपाइने ट्राफिक प्रहरीले जनाएको छ ।

महाशाखाले अस्ति (बुधबार) सूचना जारी गर्दै आज (शुक्रबार) कलंकीबाट कोटेश्वरसम्म र भोलि (शनिबार) कलंकीबाट सूर्यविनायकसम्मको खण्डमा सर्भिस लेन प्रयोग गरिदिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यद्पि दायाँ-बायाँको लेनमा भने सवारीसाधान चलाउन पाइनेछ । साग खेलकुदअन्तर्गत आज र भोलि यो खण्डमा साइक्लिङ हुँदै छ ।

महाशाखाका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले कलंकीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानो थिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०६:३०