७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पौडीमा गौरिकाले जितिन् पहिलाे स्वर्ण


१९ मंसिर, काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग)मा पौडीबाज गौरिका सिंहले पहिलो स्वर्ण पदक जितेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा बुधबार भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।


दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार १७:११