१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सागले भ्रमण वर्षलाई सहयोग पुर्याउने विश्वास


– जमुना वर्षा शर्मा

१९ मंसिर, चिप्लेढुङ्गा।  यतिबेला पोखरा सागमय बनेको छ । १३ अैाँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् । पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भन्नुभयो, “यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।”

“साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो, “नेचर, कल्चर र एडभेन्चरलाई अन्तरराष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवद्र्धन हुनेछ ।” संस्कृतिको खानी पोखराको आसापास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी पर्यटन व्यवसायीहरुमा पनि साग खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेलले बताउनुभयो । “आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ”, उहाँले भन्नुभयो । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुशी हुनुभएको छ । यो पनि पर्यटन प्रवद्र्धनका लागि एउटा सकारात्मक पक्ष हो ।” “कति कुरा तत्काल देखिँदैन तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा आफू विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेल पनि पोखरालाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उपयुक्त अवसर आएको बताउनुभयो । “हामीले विभिन्न ठाउँमा सेल्समिशन कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गर्दै आएका छौँ । तर, यतिबेला नेपालबाहेक छ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरुले प्रत्यक्ष यहाँको सुन्दरता रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । नेपाल आउन प्रेरित गर्नेछन्”, उहाँले भन्नुभयो ।

पोखरा अवर्णित शहर विदेशी खेलाडी

साग खेलमा सहभागी श्रीलङ्काका खेलाडी अजिथ विजयसिंघेले आफ्नो नेपालको पोखरा आउने ड्रिम नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र विशेषगरी पोखराका बारेमा निकै सुनेका थिएँ । साग खेलले आफ्नो सपनाको शहर पोखरा घुम्ने रहर पूरा गरिदियो । व्याडमिन्टनका खेलाडी रहनुभएका अजिथ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । नेपालमा साग खेल हुने कुराले नै उत्साहित भएको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सुन्दरता भएको शहरमा खेल्दा आनन्द आएको बताउनुभयो । उहाँले हवाईयात्राबाट अन्नपूर्ण हिमशृङ्खलाको पनि अवलोकन गरेको र पोखरा अवर्णित शहर भएको प्रतिक्रिया दिनुभयो ।

माल्दिभ्सका ब्याटमिन्टनका म्यानेजर खेलाडी अमिनाथ अहमेद दिदीले पनि आफूले सोचेभन्दा पोखरा निकै सुन्दर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राति आएका थियौँ, जब बिहान होटलको झ्यालबाट फेवाताल र खुलेको हिमशृङ्खला देख्यौँ, हामीले नसोचेको पायौँ ।” पोखराको गौरीघाटस्थित होटल रानीवन आर्केटमा बस्नुभएको उहाँको टिमले पोखराको वातावरण र राम्रो हस्पिटालिटीले आफूहरुलाई आकर्षित गरेको बताउनुभयो ।

अर्का खेलाडी फतिमा जयनाले आफू १० वर्षअघि काठमाडौँ आएको अनुभव सुनाउँदै पोखरा र काठमाडौँ तुलना नहुने शहर भएको बताउनुभयो । “काठमाडौँमा बिल्डिङ नै बिल्डिङ मात्र देखेका थियौँ तर पोखरा ताल र माउण्टेनको दृश्यले निकै लोभ्यायो, निकै सुन्दर लाग्यो पोखरा” बिचभलिबलका खेलाडी जयनाले काठमाडौँमा भएका साथीलाई पनि पोखरा आउन आग्रह गरेको बताउनुभयो ।
१३ औँ साग पोखरा, जनकपुर र काठमाडाँै गरी तीन ठाउँमा खेल भइरहेको छ, जहाँ तीन हजार बढी खेलाडीको सहभागिता रहेको छ ।

यतिबेला पोखरा सागमय बनेको छ । १३ अैाँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् । पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भन्नुभयो, “यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।”

“साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो, “नेचर, कल्चर र एडभेन्चरलाई अन्तरराष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवद्र्धन हुनेछ ।” संस्कृतिको खानी पोखराको आसापास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी पर्यटन व्यवसायीहरुमा पनि साग खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेलले बताउनुभयो । “आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ”, उहाँले भन्नुभयो । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुशी हुनुभएको छ । यो पनि पर्यटन प्रवद्र्धनका लागि एउटा सकारात्मक पक्ष हो ।” “कति कुरा तत्काल देखिँदैन तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा आफू विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेल पनि पोखरालाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उपयुक्त अवसर आएको बताउनुभयो । “हामीले विभिन्न ठाउँमा सेल्समिशन कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गर्दै आएका छौँ । तर, यतिबेला नेपालबाहेक छ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरुले प्रत्यक्ष यहाँको सुन्दरता रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । नेपाल आउन प्रेरित गर्नेछन्”, उहाँले भन्नुभयो ।

पोखरा अवर्णित शहर विदेशी खेलाडी

साग खेलमा सहभागी श्रीलङ्काका खेलाडी अजिथ विजयसिंघेले आफ्नो नेपालको पोखरा आउने ड्रिम नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र विशेषगरी पोखराका बारेमा निकै सुनेका थिएँ । साग खेलले आफ्नो सपनाको शहर पोखरा घुम्ने रहर पूरा गरिदियो । व्याडमिन्टनका खेलाडी रहनुभएका अजिथ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । नेपालमा साग खेल हुने कुराले नै उत्साहित भएको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सुन्दरता भएको शहरमा खेल्दा आनन्द आएको बताउनुभयो । उहाँले हवाईयात्राबाट अन्नपूर्ण हिमशृङ्खलाको पनि अवलोकन गरेको र पोखरा अवर्णित शहर भएको प्रतिक्रिया दिनुभयो ।

माल्दिभ्सका ब्याटमिन्टनका म्यानेजर खेलाडी अमिनाथ अहमेद दिदीले पनि आफूले सोचेभन्दा पोखरा निकै सुन्दर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राति आएका थियौँ, जब बिहान होटलको झ्यालबाट फेवाताल र खुलेको हिमशृङ्खला देख्यौँ, हामीले नसोचेको पायौँ ।” पोखराको गौरीघाटस्थित होटल रानीवन आर्केटमा बस्नुभएको उहाँको टिमले पोखराको वातावरण र राम्रो हस्पिटालिटीले आफूहरुलाई आकर्षित गरेको बताउनुभयो ।

अर्का खेलाडी फतिमा जयनाले आफू १० वर्षअघि काठमाडौँ आएको अनुभव सुनाउँदै पोखरा र काठमाडौँ तुलना नहुने शहर भएको बताउनुभयो । “काठमाडौँमा बिल्डिङ नै बिल्डिङ मात्र देखेका थियौँ तर पोखरा ताल र माउण्टेनको दृश्यले निकै लोभ्यायो, निकै सुन्दर लाग्यो पोखरा” बिचभलिबलका खेलाडी जयनाले काठमाडौँमा भएका साथीलाई पनि पोखरा आउन आग्रह गरेको बताउनुभयो । १३ औँ साग पोखरा, जनकपुर र काठमाडाैँ गरी तीन ठाउँमा खेल भइरहेको छ, जहाँ तीन हजार बढी खेलाडीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ११:३०