७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बुद्ध एयरमा बँदेल ठोक्किएपछि …


१९ मंसिर, बाँके नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो ।

जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनीत शाहले बताए ।

जहाजमा ठोक्किएको बँदेल मरेको खबर नेपाल समाचारपत्र दैनिकमा छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६:२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्यान्ड हुँदै थियो । त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो ।

नेपालगन्ज विमानस्थलको आसपास झाडी बढेको छ । धावनमार्ग छेउमा रहेका झाडीबाट बेला-बेलामा बँदेल, दुम्सी र स्याल आउने गरेका छन् । यसले विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०७:३५