१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काभ्रेमा तरकारी उत्पादनमा ७० प्रतिशतले कमी


८ फागुन, काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ ।

तरकारीको उत्पादनमा कमी आएपछि बजारमा तरकारीको माग बृदि भएकोले व्यापारीको हारालुछ हुनेगरेको स्थानिय बताउछन् ।

बनेपाको नाला क्षेत्रमा जिल्लाकै धेरै तरकारी उत्पादन हुनेगर्छ । पानीको अभावका कारण अहिले तरकारी उत्पादनमा गिरावट आएको छ । उग्रचण्डी तरकारी बजारको स्थापना भइसकेपछि किसानले उचित मूल्य पाउन थालेका छन् । नालामा हाल पोहोरको तुलनामा तरकारीमा ७५ प्रतिशत उत्पादनमा गिरावट आएको व्यापारी रामसुन्दर पराजुलीले बताए ।

“गत वर्षसम्म बजारमा पर्याप्त तरकारी हुन्थ्यो, यसवर्ष त्यो अवस्था रहेन,” पराजुलीले भने । बजारमा तरकारीको अभाव हुन थालेपछि व्यापारीबीच नै तरकारी कसले लिने भन्ने प्रतिस्पर्धा हुन थालेको छ । अन्य पेशाभन्दा तरकारी व्यापा

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १५:२४