१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

१३ औँ सागः २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पदक तालिकासहित)


१७ मंसिर, काठमाडाैँ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ ,यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ । श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ ।

सोमबार १५ स्वर्ण जितेको नेपालले आज थप आठ स्वर्ण पदक जितेको हो । नेपालले आज उसु, तेक्वान्दो र करातेमा २/२ तथा एथ्लेटिक्स र ट्रायथलनतर्फ एक/एक स्वर्ण जितेको हो । तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ किलोमुनि तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितिन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयद सिद्रा बटुलालाई ५०–१४ अङ्कले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस्तै पुरुष ६८ किलोमुनीको तौलसमूहमा नेपालका वीरबहादुर महराले पाकिस्तानका मोहम्मद फाहिमलाई ४१–३६ अङ्कले हराए । यस्तै ५७ किलोमुनिको तौल समूहमा निमा गुरुङले रजत पदक प्राप्त गरिन् । उनी भारतकी कसिका मलिकसँग पराजित भइन् ।

यस्तै उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा आज सम्पन्न खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । थाउलोको चवाङक्वाङमा विजयले ९ दशमलव ४८ अङकसहित स्वर्ण जितेका हुन् । उक्त स्पर्धामा बङ्गलादेशले रजत तथा भारतले कास्य पदक जित्यो । यस्तै महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलङ्काका खेलाडीलाई ९ दशमलव ४४ अङ्क जोड्दै स्वर्ण जितेकी हुन् । सो स्पर्धामा बङ्गलादेशले कास्य पदक प्राप्त गर्यो ।

यस्तै करातेको ६७ किलो कुमुतेतर्फ नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन् । उनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कले हराएका हुन् । एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव चार सेकेण्डमा पूरा गरिन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । एथ्लेटिक्सकै पुरुष एक हजार पाँच सय मिटर दौडमा टङ्क कार्कीले कास्य पदक जिते ।

आजै पोखरमा सम्पन्न ट्रायथलनमा नेपालले एक स्वर्ण र दुई रजत पदक पाएको छ । ट्रायथलनअन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत प्राप्त गरे । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पाइन् । यस्तै नेपालले महिला भलिबलमा आज रजत पदक प्राप्त गर्यो । नेपाल भारतसँग ३–२ सेटमा पराजित भई रजतमै सिमित रहेको हो ।

यी हुन् नेपालकाे तर्फबाट स्वर्ण पदक हात पार्नेहरू :

१. कराते (एकल काता)  – मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष ) –  मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराते (टिम काता ,महिला)  – निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराते (९५५ केजी) – लक्ष्मण तामाङ
५. कराते (९८४ केजीमाथि) –विप्लवलाल श्रेष्ठ
६. कराते (९४५ केजी मुनी) – कुसुम खड्का
७. कराते (९५० केजी मूनि) – अनु अधिकारी
८. कराते (९६७ केजी) – नवीन रसाइली
९. कराते (९६८ केजी) – सुनिता महर्जन
१०. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
११. तेक्वान्दो पुम्से (१७ –२३ वर्ष ) – सिना मादेन लिम्बु
१२. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
१३. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१५. पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१६. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
१९. ट्रायथलन – सोनी गुरुङ
२०. डुवाथोलन – हिमाल टमाटा
२१. उसु (थाउलो) – विजय सिन्जाली
२२. उसु (थाउलो) – सुस्मिता तामाङ
२३. एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक
१. कराते (एकल काता) – चन्चला दनुवार
२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३. कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
४. कराते (६१ केजी )- अनु गुरुङ
५. डुवाथोलन – लक्ष्मण मल्ल
६. डुवाथोलन – हुमी बुढा मगर

कास्य पदक
१. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
३. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
४. पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
५. पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
६. ट्रायथलन – वसन्त थारु
७. कराते – राजीव पुडासैनी
८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

 

साग पदक तालिकाः

देश  स्वर्ण कास्य रजत जम्मा
नेपाल  २३ ९ १२ ४४
भारत  १२ १२ ९ ३३
श्रीलङ्का  ५ १४ २७ ४६
पाकिस्तान  ५ ११ ९ २५
बङ्गलादेश  ४ ३ २१ २८
माल्दिभ्स  १ ० ० १
भुटान  ० ० ३ ३

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार २२:१९