१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मिस वल्डमा अनुष्काः भिजीट नेपालको प्रचारसँगै यसरी चिनाउँदैछिन् नेपाललाई


१७ मंसिर, लन्डन । मिस नेपाल अनुष्का श्रेष्ठ अहिले मिस वल्ड प्रतियोगिताको लागि लन्डनमा छिन् । लन्डनमा मिस वल्डको लागि तयारी गरिरहेकी अनुष्का अहिले नेपाललाई विश्वमा चिनाउने कार्यमा सक्रिय छिन् । जसमा नेपाल सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर विश्वभरीका सुन्दरीलाई चिनाउने कार्यमा अहोरात्र छिन् । साथै अनुष्काले भिजीट नेपालको लागि १ सय २५ देशलाई निम्त्याउँदै छिन् । मिस वल्डमा सहभागि अनुष्काले भिजीट नेपालको लागि विश्वभरीबाट सहभागिहरुलाई निमन्त्रण गर्दै निम्त्याउन लागिपरेकी छिन् ।

  नेपाल सरकारले भिजीट नेपाल २०२० मनाउन लागिरहेको बेला लन्डनमा रहेकी अनुष्काले विश्वभरिका सबैलाई निमन्त्रण दिने क्रम जारी राखेकी हुन् । मिस वल्ड नेपालको फेसबुकमार्फत अनुष्काले लाईभ गर्दै विश्वभरिबाट सहभागि सुन्दरीहरुलाई भिजीट नेपालको लागि नेपाल आउन आग्रह गरेकी हुन् । अनुष्काले विश्वभरिका सुन्दरीलाई नेपाल चिनाउँदै नेपाललाई कहिल्यै बिर्सन नसक्ने गरि चिनो प्रदान गरिरहेकी छिन् ।

यही डिसेम्बर १४ तारिखमा हुन गइरहेको मिस वल्ड प्रतियोगिताको लागि विश्वभरीबाट करिव १ सय २५ देशको सहभागिता रहेको छ । मिस वल्डमा सहभागि अनुष्का यतिखेर मिस वल्डको आन्तरिक गृहकार्यमा ब्यस्त छिन् । अनुष्काले सबै नेपालीलाइ सहयोगको लागि आग्रह समेत गरेकी छिन् । यस पटक मिस वल्डमा नेपालको बलियो उपस्थिति देखिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १५:००