१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्रीलाई अमेरिका लैजाने समाचार आधारहीनः प्रमुख सल्लाहकार रिमाल


१६ मंसिर, काठमाडाैँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी ओलीलाई उपाचारका लागि अमेरिका लैजाने भन्ने समाचार भ्रामक भएको बताउनुभएको छ । रिमालले मंगलबार बिहान ट्वीट गर्दै ‘कुन तत्वले हाम्रा मिडियाहरूलाई आधारहिन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ?’ भन्दै प्रश्नसमेत गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीलाई उपचारका लागि अमेरिका लैजाने विषयमा कुनैपनि छलफल नभएको भन्दै मिडियालाई बतासे नबन्न उहाँले आग्रह गर्नुभएको छ ।

‘मिडियामा आउने यस्ता उडन्ते समाचार देख्दा दुःख मात्रै हैन, मिडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ’ भन्दै रिमालले आक्रोश व्यक्त गर्नुभएको छ । मंगलबार बिहान विभिन्न पत्रपत्रिकाले ओलीलाई उपचारार्थ अमेरिका लैजान छलफल भन्ने समाचार प्रकाशित गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ११:४९