४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

उसुमा विजय र सुस्मिताले नेपाललाई दिलाए २ स्वर्ण


१७ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालाई दुई स्वर्ण प्राप्त भएको छ । मंगलबार बिहान ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुको पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन भने महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेकी हुन् ।

विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् । १३औं सागको उसुमा सुरुकै खेलमा नेपालले स्वर्ण जितेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ११:०५