१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत


१७ मंसिर, पोखरा । १३औं सागको पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यो प्रतिस्पर्धाको रजत पदक पनि नेपालकै लक्ष्मण मल्लको पोल्टोमा परेका छ ।

पोखराको लेकसाइडमा भएको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए। प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुको समय भने आइपुगीसकेको छैन। डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी स्वीमिङ र पुन: २.५ किमी रनिङ गर्नुपर्छ। सोमबार भएको ट्रायथोलनमा पनि नेपालले स्वर्ण जितेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १०:५०