१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मेसीको पोल्टामा छैटौंपटक बालोन डी’ओर अवार्ड


१७ मंसिर, काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनल मेसीले छैटौंपटक बालोन डी’ओर अवार्ड चुमेका छन् । उनी बार्सिलोनाका भरपर्दा फरवार्ड हुन् ।

फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डमा मेसी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारेका छन् ।

मेसीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड चुमेका थिए । रोनाल्डोले भने ५ पटक यो अवार्ड जितिसकेका छन् ।

यस्तै, महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनी उत्कृष्ट घोषित भइन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जिते । विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा अवार्ड कसलाई प्रदान गर्ने निर्णय गरिन्छ । –एजेन्सी

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०८:२७