१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जमुनाको स्वर तथा अञ्जली र सागरकाे अभिनयमा ‘सम्हाले मुटुलाई’ सार्वजनिक (भिडियाेसहित)


युवा पुस्तामाझ आफूलाई युवा मोटिभेटरको पहिचान बनाएकी जमुना वनले आफ्नो थप पहिचान बनाएकी छन् गायिकाको रुपमा । जमुनाले आफ्नो पहिलो गीत ‘सम्हाले मुटुलाई’ मार्फत गायिकाको पहिचान बनाएकी हुन् ।

उनको म्यूजिक भिडियोमा अहिलेकी व्यस्त तथा चलेकी मोडल अञ्जली अधिकारी तथा सागर थापाले अभिनय गरेका छन् । गीतको म्यूजिक करणराज कार्कीको रहेको छ भने लिरिक्स ध्रुब केसीको रहेको छ भने निर्देशन फराज अर्पणको रहेको छ ।

गायिकाः जमुना वन

उनले अगामी महिना अर्को म्यूजिक भिडियो ल्याउने तयारी समेत गरेकी छन् । पहिलो आफ्नो प्रस्तुतीलाई दर्शक श्रोताले मन पराउने सल्लाह सुझाव पाउने अपेक्षा उनले गरेकी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १३:३८