४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

त्रिविमा ४ सय बढीलाई रोजगारीको अवसर, अनलाइनबाटै दरखास्त (विज्ञापनसहित)


१५ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ४१३ जनाका लागि रोजगारी दिन सूचना प्रकाशित गरेको छ । आयोगले आइतबार सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । त्रिवि सेवा आयोगले ५० पदमा दरखास्त मागेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सकिने त्रिविले जनाएको छ ।

अनलाइन आवेदनको आइतबार त्रिविका उपुकलपति धर्मकान्त बाँस्कोटा र त्रिवि सेवा आयोगका अध्यक्ष लालुप्रसाद पौडेलले संयुक्त रूपमा उद्घाटन गर्दैछन । परीक्षामा डबल कोडिङ सुरू गरेको आयोगले आनलाइन फारम भर्न सक्ने व्यवस्था मिलाउँदा इन्छुकलाइ सहज हुने भएको छ । अनलाइन भारम भर्ने मिल्ने भएपछि त्रिवि सेवाका लागि आवेदन दिनेको संख्या दोब्बरले बढ्ने अनुमान समेत गरिएको छ ।  यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०८:४७