१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

उप-चुनाव २०७६ : कहाँ को विजयी (फटाफट)


१५ मंसिर, काठमाडौं । अधिकांश क्षेत्रको उप-चुनावको नतिजा आइसकेको छ भने केही स्थानको आउन बाँकी छ । सायद आज साँझसम्म सबैको नतिजा आइपुग्ने सम्भावना छ । संघ, प्रदेश र स्थानीय तहमा ५२ जनप्रतिनिधिका लागि भएको उप-चुनावमा को-कहाँ विजयी भए ? कहाँको नतिजा कस्तो आयो हामीले फटाफट प्रस्तुत गरेका छौं । हेरौं नतिजा :

– चितवनको खैरहनी ४ र ५ तथा भरतपुर महानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

– अर्घाखाँचीको मालारानी ३ को वडाध्यक्षमा कांग्रेस विजयी, अघिल्लोपटक कांग्रेस र माओवादी मिल्दा पनि एमाले एक्लैले जितेको थियो ।

– दाङको घोराही १६ को वडाध्यक्षमा कांग्रेस विजयी अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो ।

– बाजुराको त्रिवेणी १ को अध्यक्षमा कांग्रेस विजयी । कांग्रेसका उम्मेदवार ४ सय ७३ मत ल्याएर विजयी भएका छन् भने नेकपाका उम्मेदवारले २ सय ९७ मत मात्र प्राप्त गरे ।

– सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा विजयी । अघिल्लोपटक कांग्रेसले ९ मतान्तरले जितेको थियो  । यसपटक नेकपाले ७ सय १२ र कांग्रेसले ४ सय ३९ मत ल्याए ।

– बाग्लुङको बडिगाड २ को अध्यक्षमा नेकपा विजयी । अघिल्लोपटक कांग्रेसले भन्दा दोब्बर मत ल्याएर एमालेले जितेको थियो  । कांग्रेसले ३ सय २३ मत ल्याउँदा एमालेले ६ सय १४ मत ल्याएको थियो । यसपालि कांग्रेसले ४ सय १२ मत ल्यायो भने जनमोर्चासहित सिंगो नेकपाले ७ सय ४ मत हासिल गर्‍यो ।

– महोत्तरीको बलवा २ मा कांग्रेस विजयी । नेकपाले ३ सय ५२ मत ल्याउँदा कांग्रेसले ४ सय ६१ मत पायो । अघिल्लोपटक पनि यो वडा कांग्रेसले नै जितेको थियो  । महोत्तरीकै मटिहानी ६ मा राजपाले जित दोहोर्‍याएको छ  । नेकपाका उम्मेदवारले ३ सय ५५ मत ल्याउँदा राजपाका उम्मेदवारले ३ सय ७५ मत ल्याए ।

– संखुवासभा खाँदबारी ३ मा नेकपा विजयी । अघिल्लोपटक यो वडामा एमालेले जितेको थियो  । यसपालि नेकपाले ७ सय ९६ मत ल्याउँदा कांग्रेसले ४ सय ६७ मतमै चित्त बुझायो ।

– भोजपुरको पौवादुङ १ मा कांग्रेसले जितेको सिटमा नेकपा विजयी भयो । यसपटक नेकपाले ६ सय ९१ र कांग्रेसले २ सय ५४ मत पाए । अघिल्लोपटक कांग्रेसको ४ सय ३४, एमालेको २ सय ३९ र माओवादीको २ सय २७ मत पाएका थिए ।

– डोटीको आदर्श २ मा नेकपा विजयी भएको छ  । नेकपाले ६ सय ६५ मत पाउँदा कांग्रेसले ६ सय ५६ मत पाए । अघिल्लोपटक एमालेको ५ सय २ मत थियो भने कांग्रेसले ३ सय ७५ मत पाएको थियो । यसपटक भने जम्मा ९ मतले नेकपा विजयी भयो ।

दक्षिणकालीमा नेकपाका शिवभक्ति बलामी विजयी

प्रचण्डकै गृह जिल्लामा नेकपा निल, तीनवटै वडामा नेपाली कांग्रेसको शानदार जित
कांग्रेसले विगतमा जितेको सिन्धुपाल्चोकको इन्द्रावतीमा नेकपाका उम्मेदवार दोब्बर मतान्तरमा विजयी
वैतडीबाट कांग्रेसले खाता खोल्यो, ४ मतको अन्तरमा वडा अध्यक्षमा गजेन्द्रबहादुर चन्द विजयी
सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी, कांग्रेसको भन्दा दोब्बर मत सिके राउतको पार्टीले पायो
काठमाडाैँको दक्षिणकालीमा पनि नेकपा, वडा अध्यक्षमा शिवभक्ति बलामी विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०८:१५