१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बंगलादेशी प्रधानमन्त्रीले प्याज नखाने घोषणा गरेपछि…


१५ मंसिर, काठमाडौं । प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छिन्  । बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत प्याज उपभोगका लागि निरुत्साहित गर्न आफ्नो भान्सामा प्रयोग नगर्ने निर्णय लिएकी हुन् ।

बंगलादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकेजी रहेको प्याजको भाउ बढ्दै गएर २ सय ६० टाका पुगेपछि वाजेदले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् । बंगलादेशी सरकारले जनतालाई राहत दिन भन्दै सीमित पसलबाट प्रतिकेजी ४५ टाकामा प्याज उपलब्ध गराइरहेको छ । बंगलादेशले अहिले म्यान्मारबाट प्याज आयात गरिरहेको छ ।

यता भारतले भने दुई महिनाअघि नै सबै देशका लागि प्याज निर्यात बन्द गरिसकेको छ । –एजेन्सी

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०७:५०