१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रचण्डकै गृह जिल्लामा नेकपा निल, तीनवटै वडामा नेपाली कांग्रेसको शानदार जित


१५ मंसिर, काठमाडौं । चितवनको तीन वटै वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको हो । भरतपुर महानगर १६ का काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

खैरहनी नगरपालिका ४ मा काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । खैरहनी नगरपालिकाकै ५ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्म्द्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०७:२७