१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

वैतडीबाट कांग्रेसले खाता खोल्यो, ४ मतको अन्तरमा वडा अध्यक्षमा गजेन्द्रबहादुर चन्द विजयी


१४ मंसिर, काठमाडाैँ । उपचुनावमा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशको बैतडीबाट खाता खोलेको हो । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन । उनले २ सय १९ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिद्धन्द्धी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका छन ।  जम्मा ४ सय ३८ मत खसेकोमा ४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार २२:४१