१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कांग्रेसले विगतमा जितेको सिन्धुपाल्चोकको इन्द्रावतीमा नेकपाका उम्मेदवार दोब्बर मतान्तरमा विजयी


१४ मंसिर, काठमाडाैँ । कांग्रेसले विगतमा जितेको सिन्धुपाल्चोकको इन्द्रावतीमा नेकपाका उम्मेदवार दोब्बर मतान्तरमा विजयी भएका छन । शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाइ पराजित गर्दै नेकपाका उम्मेदवारले जित हात पारेका हुन । इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केदारनाथ आचार्य विजयी भएका छन ।

आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई पराजित गरेका छन । आचार्य ७१२ मत ल्याएर विजयी भएका छन भने तामाङले भने ४३९ मत प्राप्त गरेका छन । उपनिर्वाचनमा एक हजार एक सय ७७ मत खसेको थियो । त्यसमध्ये १२ मत बदर भएको थियो । यस वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि यहाँ पुनः चुनाव भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार २२:२६